माघ २३ गते शुक्रबारदेखि ग्रीन लाइफ हाइड्रोपावरले आइपीओ बिक्री गर्ने
काठमाडौं स् ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गर्नेछ ।
यसमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । ग्रीनलाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको थियो । कुल १६ लाख ९६ हजार ४०० कित्ता सेयर बिकेको थिएन । उक्त सेयर सर्वसाधारणलाई थप गरी अहिले बिक्री गर्न लागिएको हो ।
ग्रीनलाइफको आइपीओमा बीओके क्यपिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यसमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा फागुन ७ गतेसम्म खुला रहनेछ ।
सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यसले दोलखा जिल्लाको मारबु गाउपालिकामा, ४० मेगावटको खानीखोला १ हाइड्रोपावर निर्माण गरिरहेको छ ।























