stcnepal long ad
nabil bank
macchha(MBL)

रुरु जलविद्युत् परियोजनाको आइपीओले पायो ग्रेड– ३ रेटिङ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रुरु जलविद्युत् परियोजनाले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड– ३ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएको हो । ग्रेड– ३ रेटिङले अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।

कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २५ गते निवेदन दिएको थियो । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कुुल ८ लाख १५ हजार ४११ कित्ता मध्ये ४ लाख ७ हजार ७०५ कित्ता प्रतिकित्ता १०० रुपैयाँमा स्थानीय बासिन्दाको लागि र ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ सर्वसाधारणको लागि अंकित मूल्यमा रू. २० थप प्रिमियम सहित गरेर १२० रुपैयाँमा आईपीओ निष्कासन गर्नको लागि बोर्डमा निवेदन दिएएको हो ।

prabhu mahalaxmi
kumari