stcnepal long ad
global ime bank long

अप्पर सोलु हाइड्रोको नाफामा उत्साहजनक वृद्धि

एक वर्षमै कमायो २० करोड ८७ लाख नाफा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो नाफामा उल्लेख्य सुधार गर्दै वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा आफ्नो खुद नाफामा झण्डै शतप्रतिशतको वृद्धि हासिल गरेको देखिएको छ ।

कम्पनीले गत असार मसान्तसम्ममा २० करोड ८७ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ११ करोड ३२ लाख ३ हजार रुपैयाँको तुलनामा निकै उत्साहजनक वृद्धि हो ।

विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको बढोत्तरी र वित्तीय खर्चमा गरिएको प्रभावकारी व्यवस्थापनले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत ७३ करोड ८२ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ जबकि अघिल्लो वर्ष यस्तो आम्दानी ७२ करोड ४० लाख ५३ हजार रुपैयाँ मात्र सीमित रहेको थियो ।

अघिल्लो वर्ष ३ करोड ७० लाख ४१ हजार रुपैयाँ मात्र रहेको कम्पनीको जगेडा कोष यो वर्ष ह्वात्तै बढेर २५ करोड ६७ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

१ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १५.४६ पैसा कायम भएको छ । यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ पनि सुधारिएर ११९.०२ रुपैयाँ पुगेको छ ।

कम्पनीले आफ्नो ऋण भार घटाउन पनि उल्लेखनीय सफलता प्राप्त गरेको देखिन्छ । अघिल्लो वर्ष ३ अर्ब १५ करोड २९ लाख रुपैयाँ रहेको दीर्घकालीन ऋण घटेर यस वर्ष २ अर्ब ९४ करोड ३८ लाख रुपैयाँमा झरेको छ ।

यद्यपि जलविद्युत आयोजना सञ्चालनका क्रममा आइपर्ने प्राकृतिक प्रकोप, खोलामा पानीको बहाव र प्रसारण लाइनका प्राविधिक समस्याहरूलाई कम्पनीले मुख्य चुनौतीका रूपमा उल्लेख गर्दै समाधानका लागि प्रयास जारी राखेको जनाएको छ ।

 

IME Lifesidebar
kumari