citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

दरमखोला हाइड्रो इनर्जीको भदौ १४ गते वार्षिक साधारणसभा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले भदौ १४ गते वार्षिक साधारणसभा बोलाएको छ । साधारण सभाले सञ्चालक समितिमा सर्वसाधारण समूह ‘क’ मा ३ जना सञ्चालकको निर्वाचन गर्नेछ भने प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन  सहित वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरिनेछ ।

गत आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने, अघिल्लो आवमा सञ्चालक समितिबाट भए गरेका निर्णयहरू अनुमोदन गर्ने र सञ्चालक समितिका सदस्यले लिएको तलब भत्ता अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ ५ गतेका दिन शेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गरिने भएकाले भदौ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरू साधारण सभामा भाग लिन र मतदान गर्न योग्य हुनेछन् ।

साधारणसभा अनामनगरस्थित किम्ची रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो २ बजे वार्षिक साधारणसभा बोलाएको छ ।

IME Life
kumari