stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सानिमा माइ हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३६ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा ५९.३२% धेरै हो । अघिल्लो वर्ष कम्पनीले २३ करोड १२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । सानिमाको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १८.७१% ले बढेर ८६ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले विद्युत बिक्रीबाट ७२ करोड ५० लाख रुपैयाँ कमाएको थियो । असार मसान्तसम्ममा यसको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ३२ लाख ७४ हजार रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङ शीर्षकमा ६५ करोड ६४ लाख रुपैयाँ राखिएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४३ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ८४ पैसा छ ।

kumari bank
kumari
nawakantipur long