भदौ ३ गतेबाट लिवर्टी इनर्जीको आइपीओ खुल्ने
काठमाडौं । भदौ ३ गतेबाट लिवर्टी इनर्जी कम्पनीले सर्वसाधारणका लागि आइपीओ खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री गर्न लागेको हो ।
प्रतिसेयर १ सय अंकित मूल्यमा सर्वसाधारणले सेयर पाउने छन् । स्थानीय बासिन्दाहरुका लागि यसअघि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागिएको हो ।
यस आइपीओमा लगानीकर्ताले छिटोमा भदौ ७ गते सम्म आवेदन दिन पाउने छन् । उक्त समयमा सबै सेयर बिक्री नभएमा भदौ १७ गतेसम्म भर्न समय पाइनेछ ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।
यस एनर्जीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो ।
यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।






























