sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

ईङवा हाइड्रोपावर लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वासालत तथा नाफा–नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गरेको छ ।

त्यसैगरी, साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले सञ्चालन गरिरहेको ९.७ मेगावाट क्षमताको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य परियोजना हो ।

२०८० साल आषाढ महिनामा आएको बाढी तथा पहिरोको कारण अवरुद्ध यस आयोजना मर्मत सम्भार गरी २०८० साल चैत्र २८ गतेवाट पाँचथर जिल्लाको हिलियाङ गाउँपालिकामा अवस्थित नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनमा जोडी व्यवसायिक विद्युत उत्पादन गरिरहेको छ ।

ईङवा हाईड्रोपावर लिमिटेडले व्यवसाय विस्तार गर्ने योजना अनुरूप कम्पनीको सञ्चालनमा रहेको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको विद्युतगृहबाट करिब ५०० मिटर डाउनस्ट्रीम तर्फ सा्ेही खोलाको पानी उपयोग गरी ८ मेगावाट क्षमताको तल्लो ईङवा खोला जलविद्युत आयोजनामा बहुमत सेयर लगानी गरी निर्माण गर्ने योजना कम्पनीको रहेको छ ।

कम्पनीले विकास गरिरहेको यस आयोजनाको नेपाल सरकार विद्युत विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी सम्भाव्यता अध्ययन सम्पन्न गरी हाल नेपाल विद्युत प्राधिकरणसमक्ष विद्युत खरिदबिक्री सम्झौताका लागि निवेदन दिएको छ ।

gold
prabhu bank
nawakantipur long