stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भिजन लुम्बिनी ऊर्जाको पाँचौं र छैटौं वार्षिक साधारण सभा पुस २७ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भिजन लुम्बिनी ऊर्जाको पाँचौं र छैटौं वार्षिक साधारण सभा यही पुस २७ गते शनिबार बस्ने भएको छ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।

साधारण सभाभा गत दुई आर्थिक वर्ष ०७८/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुंगो लाग्नेछ।

त्यसैगरी ७ जना सञ्चालकको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएको छ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको कालिकानगरस्थित दियालो फुडल्याण्डमा बिहान साढे १२ बजेदेखि पाँचौं र छैटौं वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो।

prabhu mahalaxmi
kumari