stcnepal long ad

ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

कम्पनीको हकप्रद निष्कासक तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीका अनुसार आवेदन पुस २३ गतेदेखि माघ १४ गतेसम्म दिन पाइनेछ । हकप्रद शेयर निष्कासनार्थ कम्पनीले मंसिर १८ गते बुक क्लोज गरिसकेको छ । मंसिर १७ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद निष्कासक तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद निष्कासनपश्चात् र बाडँफाँटपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपियाँ पुग्नेछ ।