citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

बुटवल पावरको नाफा १२ प्रतिशतले घट्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । बुटवल पावर कम्पनीको नाफा १२.१ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६ करोड ६० लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो नाफा ७ करोड ५१ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री आम्दानी घटेको छ ।

यस्तो आम्दानी पहिले २१ करोड ५ लाख रुपैयाँ रहेकोमा अहिले २० करोड ९० लाख रुपैयाँ छ । जसले गर्दा नाफामा असर परेको देखिन्छ ।

कम्पनीको तीन महिनाको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा छ । असोज मसान्तसम्म प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ छ । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५१ रुपैयाँ छ ।

gold
himalayan life insurance long ad