stcnepal long ad
ime life insurance
global ime bank long

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा आकर्षक वृद्धि भएको छ ।

यसअवधिमा खुद नाफा ३८७.८३ प्रतिशतले बढेर ४ करोड ३३ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८८ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कुल आम्दानीमा वृद्धि भएसँगै यसको खुद नाफा बढेको हो । कुल आम्दानी ३३७.८६ प्रतिशतले बढेर ६ करोड २१ लाख २४ हजार रुपैयाँ पुगेको छ । यसको चुक्ता पुँजी १ अर्ब २२ करोड २३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १५ करोड ९५ लाख २२ हजार रुपैयाँ छ ।

यसअवधिमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ २७ पैसाले बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९० पैसा थियो । प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ४९ पैसा छ ।

prabhu mahalaxmi
kumari