stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज कात्तिक ४ गते आइतबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा र लाभांश प्रयोजनार्थ कात्तिक ५ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, आज कात्तिक ४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

गत वर्षको नाफाबाट यस कम्पनीले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरले कात्तिक १४ गते वार्षिक साधारण सभा डाकेको छ ।

साथै, साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेण्टि दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव पारित गर्नेछ । साधारण सभा होटल क्रिस्टल पशुपती गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

prabhu mahalaxmi
kumari