बरुण हाइड्रोपावर कम्पनीको नाफा घट्यो
काठमाडौं । बरुण हाइड्रोपावरको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा ९७.३१ प्रतिशतले घटेर ३ लाख १ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै यसको नाफा घटेको हो ।
यसको विद्युत् बिक्रीबाट हुने आम्दानी ९५.६२ प्रतिशतले घटेर ३४ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ७ करोड ९७ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
यसअवधिमा चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ०६ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ४६ पैसा छ ।