वलेफी हाइड्रोपावरको असार २० गते विशेष साधारण सभा
काठमाडौं । वलेफी हाइड्रोपावर लिमिटेडले असार २० गते विशेष साधारण सभा बोलाएको छ । साधारण सभामा कम्पनीले सञ्चालन नियुक्ति गर्ने विशेष प्रस्ताव पेश गर्नछ ।
त्यसैगरी, कर्जा सुविधा स्वीकृति गर्ने सम्बन्धमा पनि प्रस्ताव पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ११ गते बुक क्लोज गर्ने जनाएको छ ।
तसर्थ, असार १० गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा रोयल एलिनाज रेष्टुरेन्सट प्रा.लि, मदन भण्डारी रोड, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।


























