evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ मङ्गलवार छिचोलिने

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको मुख्य सुरुङ मङ्गलवार छिचोलिने भएको छ ।

मकालु गाउँपालिकाको आम्राङमा रहेको अडिट २ मा एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ छिचोल्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । ११ किलोमिटर आठ सय ३० मिटर लामो मुख्य सुरुङमा विस्फोट गरी छिचोलिने कार्यक्रम रहेको छ ।

आम्राङमा सुरुङ छिचोलेपछि प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरबाट नै चिचिला गाउँपालिका–३ मा रहेको पुखुवा दोभानको विद्युत् गृह निर्माण क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।

अरुण तेस्रो जलविद्युत् परियोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । एक खर्ब चार अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलव नौ प्रतिशत निःशुल्क बिजुली प्राप्त हुनेछ ।

आयोजनाबाट स्थानीय प्रभावितहरूले एक अर्ब ६० करोड रुपैयाँको शेयर र प्रति महिना प्रति घर ३० युनिटसम्म बिजुली निःशुल्क प्राप्त गर्नेछन् ।

निर्माण जिम्मा पाएको भारतीय कम्पनी सतलज जलविद्युत् निगम ९एमजेभीएन० ले निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने विद्युत् विकास सम्झौतामा छ ।

igi long
himalayan life insurance long ad