citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अरुण भ्याली हाइड्रोपावर लिलामी सेयर बाँडफाँट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १९ लाख ९२ हजार ६५७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।

सोही लिलामी सेयर मंगलबार (जेठ २ गते) बाँडफाँट गरिएको हो । जसमा न्यूनतम १४३ रुपैयाँ ५० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।

यसअघि कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । यता, कम्पनीले लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम भोली बिहीबार आर्थत् जेठ ३ गतेबाट फिर्ता दिन सुरु गर्ने जनाएको छ ।

 

himalayan life insurance
igi long