citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वैशाख १० गतेदेखि अरुण भ्याली हाइड्रोपावरको २० लाख कित्ता सेयर लिलामी बिक्री खुला हुँदै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । वैशाख १० गतेदेखि अरुण भ्याली हाइड्रोपावरको करिब २० लाख कित्ता सेयर लिलामी बिक्री खुला हुँदैछ । हाइड्रोपावरले १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद वैशाख २४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

यसअघि  कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ताका लागि मात्र परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

himalayan life insurance
igi long