citizens life insurance long ad
stcnepal long ad

पिपुल्स हाइड्रोपावर कम्पनीको चैत ३० गते वार्षिक साधारण सभा

साधारण सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको चैत ३० गते वार्षिक साधारण सभा बस्दैछ । साधारण सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ ।

साधारण सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।

साधारण सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा गर्न कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ ।

चैत १४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।धारण सभा क्वालीटी बैंक्वेट, बुद्धनगर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

IME Life
kumari