stcnepal long ad
ime life insurance
national life
global ime bank long

पिपुल्स हाइड्रोपावर कम्पनीको चैत ३० गते वार्षिक साधारण सभा

साधारण सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको चैत ३० गते वार्षिक साधारण सभा बस्दैछ । साधारण सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ ।

साधारण सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।

साधारण सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा गर्न कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ ।

चैत १४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।धारण सभा क्वालीटी बैंक्वेट, बुद्धनगर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

IME Lifesidebar
kumari