citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

चैत २९ गतेदेखि रिडी पावरको ११ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुला हुँदै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । चैत २९ गतेदेखि रिडी पावरले ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद २०८१ वैशाख ९ गतेसम्म रहेको छ ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले गत फागुन १८ देखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

लिलामी सेयरमा आवेदन दिन पाउने स्थान

मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौं,मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर ।

himalayan life insurance
igi long