macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बिन्ध्याबासिनी हाइड्रोपावरको वार्षिक साधारण सभा पुस २६ गते 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव सहित पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभामा भौतिक तथा भर्चुअल दुवै माध्यमबाट सहभागि हुन सक्ने कम्पनीले जनाएको छ । साधारण सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभामा  आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एकदिन बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, पुस १६ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

साधारण सभा कम्पनीको कार्यालय परिसर नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad