stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

घलेम्दी हाइड्रोपावरले मंसिर १० गतेदेखि २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यलयबाट आवेदन दिन सकिन्छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । घलेम्दी हाइड्रोपावरले मंसिर १० गतेदेखि २००% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद सेयरको लागि यसले कात्तिक ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । घलेम्दी हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले आइएरएन बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्दछ ।

यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यलयबाट आवेदन दिन सकिन्छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गर्न हकप्रद जारी गर्न लागेको हो । छुजुङ खोला जलविद्युत आयोजना सांग्रिला उर्जा प्रालिद्धारा प्रवद्धित कम्पनी हो ।

prabhu mahalaxmi
kumari