stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओ बाँडफाँड

१ लाख २८ हजार ४२० जनाले शेयर पाए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ ।  बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज शुक्रबार बिहान आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा कुल ११ लाख ९० हजार २ सय ९६ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ४६ सय ५४ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । योग्य आवेदक रहेका ११ लाख ८५ हजार ६ सय ४२ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो ।

यस हिसाबमा गोलाप्रथाबाट १ लाख २८ हजार ४ सय २० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएका छन् ।

कम्पनीले असोज १८ देखि असोज २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

prabhu mahalaxmi
kumari