stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माथिल्लो मैलुङको आईपीओ नौमध्ये एक आवेदकले पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माथिल्लो मैलुङ खोलाको आईपीओ हरेक ९.७ आवेदकमध्ये एक जनालाई पर्ने भएको छ। आईपीओमा साढे ९ लाख आवेदकले सेयर माग गरेका छन्।

अन्तिम दिन सोमबार साँझसम्म कम्पनीको आईपीओमा १२ लाख ४९ हजार १ सय ७ जनाले १ अर्ब ३८ करोड ८० लाख ५९ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख ८० हजार ५ सय ९० कित्ता सेयर माग गरेका हुन्।

माग गरिएको सेयर संख्या बिक्री खुला भएको भन्दा १०.८ गुणा बढी हो। प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँड हुने भएकाले आईपीओ भर्ने ९.७ जनामध्ये १ जना ९कुल १ लाख २८ हजार ४ सय २० जना०लाई पर्नेछ।

यस्तै ११ लाख २० हजारको हात खाली हुनेछ। कम्पनीले गत बिहीबारदेखि सर्वसाधारणका लागि १२ लाख ८४ हजार २ सय कित्ताका लागि आवेदन खुला गरेको हो।

यसअघि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओमध्ये १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ भने ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आईपीओ ल्याएको हो।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल हो। रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई केयर एनपी इस्युअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ।

prabhu mahalaxmi
kumari