stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

चन्द्रागिरिमा १५ श्ययाको नगरस्तरीय अस्पताल सञ्चालन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, ९ फागुन २०७६
काठमाडौं । पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकाले १५ श्ययाको नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याएको छ ।
काठमाडौँ प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रगिरि नगरपालिकाको रु १ करोड र वाग्मती प्रदेश सरकारकोे रु १ करोड लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त अस्पताल सञ्चालनमा ल्याएको हो ।                                                         चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्य सेवाको अधिकारलाई पूरा गर्न नगरपालिकाले नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिए । अस्पताल भवन साढे तीन तलाको छ । १५ वडा रहेको चन्द्रागिरिमा गाउँगाउँदेखिका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न र अस्पताल आवत–जावतमा सहजताका लागि नगरस्तरीय एम्बुलेन्स समेत खरिद प्रक्रियामा रहेको नगरप्रमुख गिरीले बताए ।
एम्बुलेन्स खरिदका लागि चन्द्रागिरि नगरपालिकाले रु ४० लाख रकम विनियोजन गरेको छ । चन्द्रागिरि नगरस्तरीय अस्पतालमा बर्थिङ सेन्टर समेत सञ्चालनमा आएको छ । यस्तै, नगरस्तरीय अस्पतालमा कार्यरत चिकित्सकको आवासका लागि रु १ करोड लागतमा आवासगृह निर्माण गर्न लागिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिएका छन । उक्त अस्पतालमा चन्द्रागिरिका जनतामात्र नभई धादिङका विभिन्न गाउँका जनताले समेत स्वास्थ्य सेवा पाउने नगरपालिकाले जनाएको छ ।
नगरस्तरीय अस्पताल सञ्चालनका लागि आवश्यक इको मेसिन खरिदका लागि चन्द्रागिरिले चालू आर्थिक वर्षमा रु ३० लाख विनियोजन समेत गरेको छ । चन्द्रागिरि नगर अस्पतालमा वार्षिक एक लाखभन्दा बढी जनताले स्वास्थ्य सेवा पाउनेछन् । क्षेत्रफलका आधारमा चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो ।

prabhu mahalaxmi
kumari bank
kumari