stcnepal long ad
global ime bank long

नबिल र एनबी बैंक मर्जर

होटल हायात रिजेन्सीमा बृहत् समारोहका बीच दुई बैंक मर्जरको घोषणा भएको हो ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लि. र नेपाल बंगलादेश बैंक लि. बीच आज असार २७ गते ओैपचारिक रूपमा मर्जर भएको छ । आज सोमबार अपरान्ह राजधानीको होटल हायात रिजेन्सीमा बृहत् समारोहका बीच दुई बैंक मर्जरको घोषणा भएको हो ।

योसँगै कुल २८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी सहित नबिल बैंक लिमिटेड हालसम्म नेपालकै ठूलो बैंकको रुपमा स्थापित भएको छ ।

 

१८ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको नबिल बैंकले १० अर्ब ८ करोड चुक्ता पुँजी रहेको नेपाल बंगलादेश बैंकलाई १००: ४२ स्वाप रेसियोमा एक्यावर अर्थात् प्राप्ति गरेको छ ।

गत असार १५ गते दुबै बैंकको सञ्चालक समिति बैठकले मर्जरका लागि अन्तिम सहमति दिएको थियो ।

योसँगै यसअघिको २३ अर्ब ७९ करोड चुक्ता पुँजीसहित पहिलो बैंक रहेको ग्लोबल आईएमई बैंक लि. दोस्रो नम्बरमा झरेको छ ।

साथै, बैंक अफ काठमाण्डू (बीओके) सँग मर्जरको हात बढाइ सकेको ग्लोबल आईएमईले पुनः आफ्नो स्थान फिर्ता लिने तयारी गरेको चर्चा छ ।

IME Lifesidebar
kumari