stcnepal long ad
global ime bank long

किन बैंक तथा वित्तीय संस्थाको लाभांश घटदै छ ?

बैंकहरुको औसत लाभांश वाणिज्य बैंककै हाराहारीमा अर्थात् १५.७४ प्रतिशत रहेको देखिन्छ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अहिले मुलुकमा २७ वटा वाणिज्य बैंक सञ्चालनमा रहेका छन। यी बैंकहरूले आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाई औसतमा १५.०१ प्रतिशतले लाभांश दिएका छन ।

सोही वर्ष विकास बैंकहरुको औसत लाभांश वाणिज्य बैंककै हाराहारीमा अर्थात् १५.७४ प्रतिशत रहेको देखिन्छ ।

उता जलविद्युत् कम्पनीहरुले पनि औसतमा खासै राम्रो लाभांश दिन सकेका छैनन् । जलविद्युत् कम्पनीको औसत लाभांश १३.४९ प्रतिशतमा सीमित रहेको छ । यद्यपि हालसम्म ४४ मध्ये १३ वटा जलविद्युत् कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् ।

यस अवधिमा वाणिज्य बैंक, विकास बैंक र जलविद्युतका लगानीकर्ताले औसतमा १३ देखि १५ प्रतिशत लाभांश पाउँदा उद्योग तथा उत्पादनमूलक चार कम्पनीहरूले भने लगानीकर्तालाई आकर्षक लाभांश दिएका छन् ।

उनीहरुले सेयरधनीलाई औसतमा २०३.५ प्रतिशत लाभांश वितरण गरेका छन् । जसमा युनिलिभर र हिमालयन डिष्टिलरीको योगदान महत्वपूर्ण रहेको छ ।

बैंक तथा जलविद्युत लगायतका कम्पनीहरुको लाभांश घट्दो क्रममा देखिँदा उद्योग तथा उत्पादनमुलक कम्पनीहरुको लाभांश भने बढ्दै गएको देखिन्छ ।

उत्पादन तथा प्रशोधन समूहमा रहेका ६ वटा कम्पनीमा हिमालयन डिस्टिलरी लिमिटेड , नेपाल ल्यूव आयल, शिवम् सिमेन्ट, यूनिलिभर नेपाल र बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराई छन् ।

जसमध्ये बोटलर्स नेपाल बालाजु र तराईले अहिलेसम्म लाभांश घोषणा गरेको छैन । लगानीकर्तालाई वाणिज्य तथा विकास बैंक र जलविद्युत् कम्पनी भन्दा उद्योग तथा उत्पादनमूलक कम्पनीहरुले आकर्षक लाभांश दिन थालेका छन् ।

लगानीकर्ताहरू भन्छन–आफूलाई बैंकबाट प्राप्त हुने प्रतिफलभन्दा उद्योगबाट हुने प्रतिफल बढी छ।
बैंकबाट खासै प्रतिफल छैन, वार्षिक व्याजदर बराबर मात्र प्रतिफल छ। नेपालको बैंकिङ क्षेत्रलाई व्यवसायिक बनाउन मात्र लगानीकर्ताहरूले बैंक तथा वित्तीय संस्थामा लगानी गरेको बताइ रहेका छन। व्यवसायीहरू भन्छन– उद्योगबाट राम्रो प्रतिफल छ ।

विगत पाँच–सात वर्षदेखि बैंकिङ क्षेत्रको नाफामा संकुचन हुँदै आएको छ । अन्य क्षेत्रको तुलनामा यो क्षेत्र निकै पारदर्शी रहेको र मुनाफा घटेका कारण बैंक तथा वित्तीय संस्थाले दिने लाभांश पनि घट्दै छ।

बैंङकर्सहरू भन्छन– केही वर्षयता बैैंंकको पुँजी बढेको छ। बिजनेश गर्नका लागि पुँजी वृद्धि आवश्यक हुँदाको असर लाभांशमा देखिएको छ ।

बैंकको पुँजी २ अर्ब रुपैयाँबाट ८ अर्ब रुपैयाँ पुरयाइयो। मर्जर र गाभिने तथा बोनस सेयर वितरणले बाणिज्य बैंकहरूको चुक्ता पुँजी अहिले ८ अर्ब रुपैयाँबाट १८ अर्ब रुपैयाँसम्म पुगेको छ। जसले गर्दा वाणिज्य बैंकको लाभांश खुम्चिँदै गएको देखिन्छ ।

अहिले बैंकहरुले नाफा धेरै कमाएको जस्तो देखिए पनि रिटर्न अफ इक्विटी भने घटिरहेको छ । आजभन्दा आठ– दस वर्षअघि २२ प्रतिशत रिटर्न अफ इक्विटि भएको कम्पनीको अहिले १२/१३ प्रतिशतमा सीमित भएको पाइन्छ ।

नियामकीय प्रावधानले बैंकहरुलाई पुँजी बढाउनु पर्ने बाध्यता सिर्जना गरेको छ तर उद्योगमा त्यस्तो प्रावधान छैन। जसका कारण बैंकहरुको पुँजी बढ्दा सो अनुसारको नाफा नबढ्ने हुन्छ भने उद्योगहरुलाई पुँजी बढाउनुपर्ने बाध्यता नहुँदा उत्पादन बढ्दा नाफा स्वभाविकरुपमा बढ्न जान्छ ।

जलविद्युत् कम्पनीहरुको प्रतिफल पनि विभिन्न कारण देखाउदै घटदै गएको छ। जलविद्युत कम्पनीको विद्युत् उत्पादनदेखि बिक्रीसम्म यति हुन सक्छ भन्ने पुर्वआँकलन गर्न सकिन्छ।

तर
कतिपय अवस्थामा प्राकृतिक विपत्तीले अवरोध गर्ने, पावर हाउस बगाउने, ड्याम्पमा अवरोध हुने,प्रशारण लाइनमा समस्या आउने बाहेक यति उत्पादन र बिक्री हुन्छ, यति ऋण छ, यति ऋण तिर्छन भनेर थाहा पाउन सकिन्छ। सोही अनुसार लगानीकर्ताले मनोविज्ञान तयार पारेर लगानी गर्छन । तर लगानीकर्ताहरूले सोचे अनुसार प्रतिफल पाउन छाडेका छन।

उत्पादन र प्रशोधन समूहको लाभांश २०३.५ प्रतिशतसम्म दिएको देखिन्छ। उत्पादन तथा प्रशोधन समूहमा थोरै कम्पनी भएपनि यी कम्पनीले लगानीकर्तालाई दिने लाभांश भने निकै आकर्षक छ । यो समूहमा रहेका ६ कम्पनीमा ४ वटाले लाभांश घोषणा गरिसकेका छन् । जसको लाभांश औषतमा २०३.५ प्रतिशत रहेको छ ।

त्यसमा सबैभन्दा बढी लाभांश दिनेमा युनिलिभर कम्पनी छ । यस कम्पनीले सेयरधनीलाई ६५० प्रतिशत लाभांश दिएको छ । अर्थात् युनिभिलर कम्पनीमा १ कित्ता सेयर हुने सेयरधनीले ६५० रुपैयाँ नगद लाभांश पाएका छन् । जम्मा ९ करोड चुक्ता पुँजी रहेको कम्पनी सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी समेत हो ।

यता शिवम सिमेन्ट कम्पनीले २९ प्रतिशत नगद नगद लाभांश दिने भएको छ भने हिमालयन डिस्ट्रिलरीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद गरी १०० प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल ल्यूबले ३० प्रतिशत बोनस र ५ प्रतिशत नगदसहित ३५ प्रतिशत लाभांश दिने भएको छ ।

यो अवस्थामा बैंक र जलविद्युत कम्पनीहरूको लाभांश कमजोर रहेको छ। वाणिज्य तथा विकास बैंक र जलविद्युत् कम्पनीको नाफा औसतमा १३ देखि १५ प्रतिशत मात्र रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरु औसत लाभांश १५.०१ प्रतिशत मात्र रहेको छ । जसमा नबिल बैंकले सबैभन्दा बढी ३८ प्रतिशत लाभांश दिएको छ भने सबैभन्दा कम सिभिल बैंकको ५.२६ प्रतिशत दिएको छ । २७ मध्ये १४ वटा बैंकले त औषतभन्दा कम लाभांश दिएका छन् ।

नबिल बैंकले सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिएपनि २७ वटा वाणिज्य बैंकको औसत लाभांश जम्मा १५.०१ प्रतिशत हो । २७ वटा वाणिज्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक बाहेक २६ वटा बैंक नेपाल स्टक एक्सचेन्जमा सूचिकृत छन् ।

विकास बैंकतर्फ राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमा ७ वटा बैकले लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले २१.०५२६ प्रतिशत दिने भएको छ । तर,विकास बैंकहरुको औसत लाभांश १५.७४ प्रतिशत मात्र रहेको छ । जुन वाणिज्य बैंकको भन्दा केही प्रतिशत बिन्दुले बढी हो ।

जलविद्युत् कम्पनीमा ४४ वटा जलविद्युत कम्पनीमध्ये १३ वटाले लाभांश घोषणा गरेका छन् । जसमा उनीहरुको औसत लाभांश १३.४९ प्रतिशत रहेको छ । जलविद्युत् कम्पनीमध्ये सबैभन्दा बढी ङादी पावर कम्पनीले २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ ।

 

IME Lifesidebar
kumari