बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ५ करोड लगानी गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने जनाएको छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने जनाएको छ।
जस अन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४५ करोड ७५ लाख रुपैयाँ र फाइनान्समा १५ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्ने जनाएको छ।
मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि मंसिर २१ गते दिउँसो ४ बजेसम्म बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्नुपर्ने समय सीमा दिएको छ।
यस्तो लगानी आउँदो पुस १ गतेदेखि २०७९ मंसिर २९ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।























