citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मंसिर १ गतेदेखि वाणिज्य बैंकहरुमा नयाँ व्याजदर कायम हुने

बैंकहरुले सार्वजनिक गरेको नयाँ व्याजदरमा राष्ट्र बैंकको व्याजदर निर्देशन अनुसार अधिकतम ब्याजदरको औषत र न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले ब्याजदर वृद्धि गर्न निर्देशन दिएको थियो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले भोली मंसीर १ गतेदेखि लागू हुने गरि साधारण बचत र मुद्दती निक्षेपमा नयाँ व्याजदर सार्वजनिक गरेका छ । २७ वटा बाणिज्य बैंकमध्ये १३ वटा बाणिज्य बैंकहरुको नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम ब्याजदर विन्दु अर्थात मुद्दतीमा १०.०५ प्रतिशत व्याजदर कायम गरेका छन ।

केन्द्रीय बैंकले गत आइतबार बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धि सम्बन्धि नयाँ निर्देशिका जारी गरेपछि सबै जसो वाणिज्य बैंकहरुले मंसिर १ गतेदेखि लागू हुने नयाँ व्याजदर सार्वजनिक गरेका छन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ व्याजदरमा राष्ट्र बैंकको व्याजदर निर्देशन अनुसार अधिकतम ब्याजदरको औषत र न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले ब्याजदर वृद्धि गर्न निर्देशन दिएको थियो ।

अघिल्लो महिना अधिकांश वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ९.३६ प्रतिशत रहेको व्याजदर प्रकाशन गरेका थिए । सिटिजन बैंक इन्टरनेशनल लि.ले अघिल्लो महिना ८.८ प्रतिशत व्याजदर प्रकाशन गरेको थियो । त्यस्तै, सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले कात्तिकका लागि ७.७५ प्रतिशत मुद्दती खातामा व्याज दिने गरेको थियो ।

त्यस्तै नेपाल बैंकले ८.३६ प्रतिशत, कृषि विकास बैंकले ८.८५ प्रतिशत, प्रभु बैंकले ८.५७ प्रतिशत र सनराइज बैंकले ९.०६ प्रतिशत व्याजदर प्रकाशन गरेका थिए ।

अघिल्लो महिना बैंकहरुले प्रकाशित गरको मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औषत ९.१३ प्रतिशत रहेको छ । यसको १० प्रतिशत ब्याजदर बढाउँदा १०.०५ प्रतिशत हुने भएकाले नयाँ व्याजदर प्रकाशित गरेको बैंकहरुले बताएका छन । मंसिरदेखि लागू हुने नयाँ व्याजदरमा सबैभन्दा कम ९.५ प्रतिशत रहने छ ।

himalayan life insurance
igi long