माछापुच्छ्रे बैंकको आज वार्षिक साधारण सभा
बैंकको जारी पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि रहेको छ

काठमाडौं । आज शुक्रबार कात्तिक २६ गते १४ प्रतिशत लाभांश अनुमोदन गर्न माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा बस्दैछ । बैंकको २३ औं सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने एजेन्डा रहेको छ ।
सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
बैंकको जारी पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले कात्तिक ७ गते बुक क्लोज गरिसकेको छ ।
तसर्थ, कात्तिक ६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् । कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।