stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा ११ जनाको आवेदन

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा ११ जनाको आवेदन परेको छ। सेबोनको अध्यक्ष पदमा आवेदन दिने आज कात्तिक २५ गते अन्तिम दिन रहेको थियो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा ११ जनाको आवेदन परेको छ। सेबोनको अध्यक्ष पदमा आवेदन दिने आज कात्तिक २५ गते अन्तिम दिन रहेको थियो। आवेदन कात्तिक ११ गतेबाट खुला गरिएको थियो।

यसअघि सरकारले सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा संलग्न रहेको भन्दै सेबोन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको थियो। त्यसपछि रिक्त रहेको पदमा अध्यक्ष नियुक्त गर्न सरकारले प्रक्रिया अगाडि बढाएको छ।

अर्थ मन्त्रालयले सेबोनमा अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्व पोडेल, अर्थ सचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा प्रा.डा. नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको छ । सोही समितिले अब यी ११ जनाबाट सर्ट लिष्ट बनाई योग्य ३ जनाको नाम छनोट गरी सरकार समक्ष सिफारिस गर्नेछ ।
समितिको सिफारिसका आधारमा सरकारले ती ३ जनामध्ये एक जनालाई सेबोनको अध्यक्षमा नियुक्ति गर्नेछ।

अर्थ मन्त्रालय स्रोतका अनुसार सेबोनको अध्यक्ष पदका लागि सेबोन कै कार्यकारी निर्देशक निरज गिरी र नायब कार्यकारी निर्देशक डा. नवराज अधिकारीको आवेदन परेको छ।

यसैगरी सेबोनको अध्यक्ष पदका लागि अनिल पौडेल, नेप्सेका पुर्व महाप्रबन्धक सीताराम थपलिया, बीमा समितिका पुर्व अध्यक्ष चिरञ्जीवी चापागाईं, सेयर लगानीकर्ता डा. केशवप्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन आमगाई, कर्मचारी सञ्चय कोषका पुर्व कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्य, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक गोपालप्रसाद भट्ट र अम्बिका लामिछानेको पनि आवेदन परेको छ।

यी आवेदक मध्ये वोर्डका कार्यकारी निर्देशक निरज गिरी, बीमा समितिका पुर्व अध्यक्ष चिरिञ्जिवी चापागाई, नेप्सेका पुर्व महाप्रबन्धक सिताराम थपलिया वा कर्मचारी सञ्चय कोषका पुर्व कार्यकारी निर्देशक कृष्ण प्रसाद आचार्यको मात्र तीन जनाको नाम सिफारिस छनोटमा पर्न सक्ने सम्भावना रहेको बताइन्छ।

prabhu mahalaxmi
kumari