stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले १३ अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले बोलकबोलमा सर्वाधिक अंक कबोल गर्ने व्यक्ति वा बैंक वा संस्थालाई ट्रेजरी बिल जारी गर्नेछ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल सरकारको लागी अल्पकालीन ऋण उठाउन थप १३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ देखि ३६४ दिन अवधिको लागी कूल १३ अर्ब २५ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार ९१ दिने अवधिको ८ अर्ब, १ सय ८२ दिन अवधिको लागी २ अर्ब २५ करोड र ३ सय ६४ दिने अवधिको लागी ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । असोज २५ गते हुने ट्रेजरी बिलको अनलाइन माध्यबाट बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले बोलकबोलमा सर्वाधिक अंक कबोल गर्ने व्यक्ति वा बैंक वा संस्थालाई ट्रेजरी बिल जारी गर्नेछ । यसअघि सरकारको आन्तरिक अल्पकालीन ऋण उठाउनको लागी राष्ट्र बैंकले असोज १८ मा १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ट्रेजरी बिल के हो ?
ट्रेजरी बिलमा ब्याज दरको साटो डिस्काउण्ट रेटको व्यवस्था हुन्छ । उदाहरणको लागी अंकित मूल्य ३ अर्ब रुपैयाँको ट्रेजरी बिल २ अर्ब ९९ करोड रुपैयाँमा सकार्यो भने बाँकी रहने १ करोड रुपैयाँ डिस्काउण्ट रकम अर्थात ब्याज आम्दानी हो अर्थात् डिस्काउण्ट दर ३ दशमलव ३३ प्रतिशत हुन आउँछ ।

३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेपनि राष्ट्र बैंकले २ अर्ब ९९ करोड रुपैयाँ मात्र प्राप्त गर्छ । समयावधि पुरा भएपछि १ करोड रुपैयाँ थपेर ३ अर्ब रुपैयाँ राष्ट्र बैंकले फिर्ता गर्छ ।

ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुनेले न्यूनत्तम ५० हजार रुपैयाँ कबोल गर्नुपर्छ । राष्ट्र बैंकले जारी गर्ने भएको हुँदा यो अत्यन्तै सुरक्षित हुन्छ ।

prabhu mahalaxmi
kumari