kumari bank
Prabhu Insurance
stcnepal long ad

मध्य भोटेकोशीको आइपीओमा आवेदकको ओइरो, कति पर्यो आवेदन ?

आइतबार साँझ सम्ममा २० लाख ८८ हजार ३५० जना आवेदकबाट ३ अर्ब ६ करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परे

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा ३ करोड ६ लाख ३३ हजार ५३० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ सम्ममा २० लाख ८८ हजार ३५० जना आवेदकबाट ३ अर्ब ६ करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ३।७४ गुणा बढी हो ।

कम्पनीले असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये ५५ अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको जनाउछ । केयरले २०७७ मंसिर १८ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद आगामी मंसिर १७ गते सकिनेछ ।


२४ असोज २०७८, आइतवार १८:५० बजे प्रकाशित

nabil bank