stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अर्को व्यवस्था नहुन्जेल चिन्तामणि आजदेखि कामु गभर्नर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, ५ चैत्र २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी चिन्तामणि शिवाकोटीले पाएका छन् । मंगलबार अर्थ मन्त्री डा. युवराज खतिवडाले अर्को व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएका हुन् ।

२०७१ साल चैत ५ गते गभर्नरको नियुक्ति पाएका चिरञ्जीबि नेपालको कार्यकाल हिजो मंगलबार सकिएपछि शिवाकोटीलाई सो जिम्मेवारी दिइएको हो । यस अघि गभर्नरको कार्यकाल नसिकँदै नयाँ नियुक्ति हुने गथ्र्यो ।

यस पटक राष्ट्र प्रमुख नै विरामी परेपछि गभर्नर नियुक्ति हुन सकेको थिएन । नयाँ गभर्नरको नियुक्ति हुन नसकेपछि शिवाकोटीलाई अर्को व्यवस्था नहन्जेलसम्म कामु गभर्नर तोकिएको हो । गभर्नर विदेश जाँदा, बिदामा बस्दा वा अन्य कारणले विदामा बस्दा समेत कायम मुकायम गभर्नरको जिम्मेवारी अर्थ मन्त्रीको निर्णयमा वरिष्ठ डेपुटी गभर्नरलाई तोक्ने प्रचलन थियो ।

यही अनुसार शिवाकोटीले गभर्नर नेपाल विदेश जाँदा करिब २५ पटकसम्म यस्तो जिम्मेवारी पाइसकेका छन् । गभर्नरको अवकाशपछिको यो जिम्मेवारीको प्रकृति सोही किसिमको हुने भए पनि यो जिम्मेवारीलाई यसअघिको जिम्मेवारी भन्दा केही विशेष मानिन्छ ।

यो जिम्मेवारी प्राप्त गर्नेले पूर्णकालीन रुपमा नियुक्त हुने गभर्नरले जत्तिकै काम गर्न पाउँछन् कि पाउँदैनन् भन्ने सम्बन्धमा हालसम्म कुनै पनि कानूनी व्यवस्था छैन । यसमा निर्णयको आवश्यकता र स्वविवेक प्रधान हुने जानकारहरु बताउँछन् । यसअघि कृष्णबहादुर मानन्धरले कामु गभर्नर भएकै अवस्थामा नोटमा समेत हस्ताक्षर  गरेका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari