stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साल्ट ट्रेडिङले सिपमेन्ट व्यापारमा सुविधा पाउने

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत निर्देशन २०७६ लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको छ ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई पनि भारतीय ठेकेदार कम्पनी मार्फत् तेस्रो मुलुकबाट हुने ‘सिपमेन्ट’मा डलर सटही सुविधा दिने भएको छ ।

अब साल्ट ट्रेडिङले तेस्रो मुलुकबाट ‘सिपमेन्ट’ हुनेगरी गरेको ग्लोबल टेन्डर भारतीय कम्पनीले प्राप्त गरेमा पनि परिवर्त्य विदेशी मुद्रामा प्रतिपत्र (एलसी) खोल्न सक्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत निर्देशन २०७६ लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको छ ।

यसअघि कृषि सामग्री कम्पनी लिमिटेड वा राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत् स्वीकृत गरेको बोलपत्रबाट मल, बिउ आयात गर्दा मात्रै उक्त सुविधा पाउँदै आएकोमा अब साल्ट ट्रेडिङ कर्पोरेशन लि. ले पनि उक्त सुविधा पाउने भएको छ ।

यस्तै ग्लोवल टेन्डर मार्फत् भारतबाट आयात हुने वस्तु तथा सेवा खरिद गर्दा ‘आईजीएसटी फ्री ट्याक्स इन्भोइस’ विना नै परिवत्य विदेशी मुद्रामा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

यसअघि विभिन्न निकाय, आयोजना, परियोजना तथा अन्य संगठित निकायहरूले ग्लोबल टेन्डर अन्तर्गत भारतबाट आयात गर्ने वस्तुको हकमा मात्रै ‘आईजीएसटी फ्री ट्याक्स इन्भोइस’ आवश्यक नपर्नेमा अब ग्लोबल टेन्डर मार्फत भारतबाट हुने सबै आयातमा उक्त ‘इन्भोइस’ आवश्यक नपर्ने भएको छ ।

prabhu mahalaxmi
kumari