stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन दिने तयारी

जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउने बारे छलफल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निषेधाज्ञा थप गर्ने विषयमा उपत्काका तीनै जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी ) को बैठक सकिएको छ ।

बैठकमा सार्वजनिक सवारीसाधन सञ्चालनको मोडालिटीबारे छलफल भएको बुझिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउने बारे छलफल भइरहेको छ ।

बैठकमा संक्रमण दरको अवस्था पनि विश्लेषण गरिएको र जनस्वास्थ्य कार्यालयको रिपोर्ट अनुसार अहिले काठमाडौंको संक्रमणदर १२/१३ प्रतिशत रहेको बारे छलफल भएको थियो।

त्यसैले यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुन्छ । एकैपटक ह्वात्तै यातायात खुलाउने भन्दा पनि जोरबिजोरबाट लैजान सकिने गरि विज्ञहरूको सुझाव आएको हुँदा जोरविजोर प्रणाली लागू हुनेछ।

तीनजनै सीडीओबाट जिल्लाको अवस्था रिपोर्टिङ भएपछि भोलि असार १४ गतेको बैठकबाट मंगलबारदेखिको निषेधाज्ञाको मोडालिटी निर्णय हुने बताइएको छ ।

त्यसका आज ५ बजेपछि उपत्यकाका तीनवटा जिल्लाका सीडीओहरूको छलफल तय गरिएको बुझिन आएको छ । निजी सवारीसाधन र व्यापाररव्यवसाय सञ्चालनमा केही खुकुलो गर्दै पछिल्लो समय थपिएको निषेधाज्ञा भोलि असार १४ गते सम्म लागू गरिएको छ।

 

prabhu mahalaxmi
kumari