stcnepal long ad
global ime bank long

मेगा बैंक बन्यो ‘बैंक अफ दि इयर’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्व विख्यात पत्रिका “दि बैंकर” ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तर मै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो । लण्डनमा गत बिहीबार साँझ आयोजित एक समारोह बीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले “बैंक अफ दि एयर, २०१९” को सम्मान ग्रहण गर्नुभएको थियो ।

“दि बैंकर” ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ ।
सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले अनवरत रुपमा ग्राहकवर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि महत्वपूर्ण कोसेढुङ्गाको रुपमा स्थापित भएको व्यहोरा व्यक्त गर्नुभयो । अध्यक्ष शाहले मेगा बैंकको सफलता एवं उपलब्धीमा आप्mनो सहयोग, साथ तथा हौसलाद्वारा महत्वपूर्ण योगदान पु¥याउने ग्राहकवर्ग, शेयरधनी, कर्मचारी, नियामक निकायहरु, सञ्चार जगत लगायत शुभेच्छुकहरुप्रति आभार र कृतज्ञता समेत व्यक्त गर्नुभयो ।

यसैगरी, मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नौ वर्षको छोटो सञ्चालन अवधिमै गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरेर प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहन सफल भएकै कारण मेगा बैंकले ‘बैंक अफ दि एयर, २०१९’ को उपाधि हासिल गरेको भन्दै आगामी दिनहरुमा बैंकलाई थप सबल, समृद्ध एवं सक्षम बनाउन सबैको निरन्तर साथ र सहयोग रही रहने विश्वास प्रकट गर्दै आगामी दिनहरुमा समेत उत्कृष्ट सेवा प्रदान गर्न मेगा बैंक सदैब कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसै साता मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो । तीब्रगतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु तथा २,५०० भन्दा अधिक मेगा रेमिटका प्रतिनिधिहरु रहेका छन् ।

IME Lifesidebar
kumari