stcnepal long ad
global ime bank long

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो ।

जसमा ५ लाख ४० हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९ हजार ४७ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् । यसमा १० लाख ५१ हजार २१६ जनाले आवेदन दिएकामा २ हजार १६९ जना आवेदकको आवेदन रद्ध भएको छ ।

प्रभु लाइफले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो ।

बाँकी रहेको ५४ लाख कित्तामा मात्र सर्वसाधारणको लागि खुला गरिएको हो । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ ।

यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ । हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनु पर्दछ ।

IME Lifesidebar
kumari