stcnepal long ad
global ime bank long

नक्कली परीक्षार्थी बनी ईपीएस परीक्षा पास गराउने व्यक्ति पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नक्कली परीक्षार्थी बनी ईपीएस परीक्षा पास गराउने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक पनौती गाउँपालिका–७ नयाँ बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–७ घर भएका २९ वर्षीय रोज बहादुर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङ समेतले कोरियन भाषाको ईपीएस परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई प्रलोभनमा पारी प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म लिई आफै नक्कली परीक्षार्थी बनेर परीक्षा दिई परीक्षा पास गराई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–१० चितापोलबाट उनलाई पक्राउ गरेको हो ।

तामाङलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

IME Lifesidebar
kumari