citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे बैंकको आज वार्षिक साधारण सभा, १०.४% लाभांश पारित हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले १०.४% लाभांश अनुमोदन गर्न आज बिहीबार पुष २ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा होटल पोखरा ग्राण्ड, पोखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ७.०३% बोनस सेयर र ३.३७% नगद लाभांश (कर सहित ) वितरण प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।

साथै, उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा यस सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।

कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।

IME Life
kumari