citizens life insurance long ad
stcnepal long ad

पुस १ गतेबाट सानिमा बैंकको ऋणपत्र बिक्रीमा आउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले पुस १ गतेबाट ४० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । यसमध्ये २४ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १६ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ ।

यसबाट सामूहिक लगानी कोषलाई ५५ छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ८० हजार इकाई पाउनेछन् । सर्वसाधारणले बाँकी १५ लाख २० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा वार्षिक ८.५०% ब्याजदर पाइने छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैं

कले १० वर्ष अवधिको ‘८.५०% सानिमा डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएट’ रेटिङ दिएको छ ।

यो ऋणपत्रमा छिटोमा पुस ५ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने पुस १५ गतेसम्म भर्न सकिनेछ ।

यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।

यस्तै, केन्द्रीय बैंकको बाध्यकारी व्यवस्था पूरा पनि गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

IME Life
kumari