citizens life insurance long ad
stcnepal long ad

कुमारी बैंकको मोबाइल बैकिङ्गबाटै अब कर्जा पाइने 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले कुमारी फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले कुमारी फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो ।

कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकत्तम ३० दिनसम्मका लागि अधिकत्तम १ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट कुमारी फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ । साथै, कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन भने कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन ।

ग्राहकलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न कुमारी फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । बैंकले १८४ शाखा(संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ ।

IME Life
kumari