सुधारिएको संघीय सांसदहरुको लोगो तयार
काठमाडौं । संघीय संसद सचिवालयले संघीय सांसदहरुको सुधारिएको लोगो तयार भएको जनाएको छ । साउनको अन्तिम साता घरेलु तथा साना उद्योग कार्यालयले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा सहितको लोगो बनाएको थियो ।
तर, संसद सचिवालयले निक्कै भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि लोगो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेको थियो । अहिले सुधारिएको लोगो आइसकेको संसद सचिवालयले जनाएको छ ।
साथै, उक्त नयाँ लोगो सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले लगाउन थालेका छन् । अब अन्य संसदहरुले पनि लैजान सक्ने संसद सचिवालयले जनाएको छ ।























