उपत्यकामा कोरोना महामारी
काठमाडौ । हिजो २०७७ असोज २९ गते बेलुकी नेपाल सरकारले प्रकाशित गरेको जानकारी अनुसार नेपालमा १२१,७४५ कोरोना रोगीहरुको संख्या पुगेको छ भने मर्नेहरुको कुल संख्या ६९४ भएको छ ।
हिजो नेपाल सरकारले गराएको १६,५९८ आरटीपीसीआर नमुना परीक्षणबाट नेपाल भर ३,७४९ नयाँ कोरोना रोग संक्रमित रोगीहरु भेटिएका छन ।
यसमा काठमाडौमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १,९३५ नयाँ कोरोना रोगीहरु पनि समाबेस छन । आरटीपीसीआरको यो नतिजा अनुसार नेपालमा कोरोना रोगीहरु २२.५८७ प्रतिशत रहेको पुष्टी भएको छ अर्थात नेपालको १०० जनसंख्यामा २२ देखि २३ जना सम्म कोरोना रोगीहरु छन ।
नेपाल सरकारले अहिले सम्म नमुना आरटीपीसीआर परीक्षण मात्रै गर्दै आएको छ र परीक्षणबाट कोरोना संक्रमित भनी पत्ता लागेकाहरुलाई पनि आफ्नै घरमा अलग बसेर उपचार गर्ने अनुमति दिएको हुँदा समुदायमा झन कोरोना रोग फैलिएको देखिन्छ ।
मास आरटीपीसीआर परीक्षण बजेटको अभाव देखाउँदै नगर्ने नीति लिएको सरकारले अब कोरोना संक्रमितहरुको उपचारमा पनि लगानी नगर्ने नीति लिएकाले काठमाडौ सहर कोरोना रोगबाट अक्रान्त बन्दै गएको छ ।
हिजो १९ जना कोरोना रोगीहरुको मृत्यु भएको छ भने एकै दिनमा २२ जना कोरोना रोगीहरु मरेको उच्च रेकर्ड तोडिएको छैन ।
नेपालमा अहिले ३१४ कोरोना रोगीहरुले आईसीयुमा र ६८ जना कोरोना रोगीहरुले भेन्टीलेटरमा उपचार गराईरहेका छन । कतिपय कोरोना रोगबाट मरेकाहरुलाई पनि मिलोमतोमा ननकोभिड बनाएको र नेपाल सरकारको रेकर्डमा नपरेको जनगुनासोहरु पनि सुनिएका छन ।
त्यसैगरी कतिपय कोरोना रोगीहरुले घरैमा जोखिम लिएर घरेलु उपचार गर्दै बसेका पनि जानकारीमा आएका छन । यसो गर्दा मृतकको तथ्याङ्क गलत हुने हुनाले सरकारको व्यवस्थापकिय योजना प्रभावित हुने देखिन्छ ।





























