stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्समा उत्साहजनक वृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नै रेमिट्यान्समा उत्साहजनक वृद्धि देखिएको छ । कोरोना भाइरसले गर्दा विश्वभर नै अर्थतन्त्र प्रभावित हुँदा पनि नेपालमा भित्रिने रेमिट्यान्स भने बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, साउन महिनामा रेमिटेन्स २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड पुगेको हो ।

गत आर्थिक वर्षको पहिलो महिनामा ७५ अर्ब ४० करोड रेमिट्यान्स भित्रिएको थियो । नेपाली मुद्रामा मात्रै नभएर अमेरिकी डलरमा पनि रेमिट्यान्स १४ दशमलब पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अनौपचारिक माध्यमबाट आउने रेमिटेन्स औपचारिक माध्यमबाट आएकाले बढेको अनुमान गरिएको छ ।

राष्ट्र बैंकका अनुसार, देशको चालु खाता पनि बचतमा आइपुगेको छ । साउनमा चालु खाता २५ अर्ब ४१ करोडले वचतमा छ । अघिल्लो वर्षको यही अवधिमा चालु खाता ९ अर्ब ३४ करोडले घाटामा थियो । त्यस्तै, शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड वचतमा छ ।

आयात खुम्चिएको, रेमिटेन्स आय बढेको लगायतका कारणले चालु र शोधनान्तर स्थिति वचतमा पुगेका हुन । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीहरुको संख्या भने करिब शत प्रतिशतले नै घटेको छ ।

सरकारले जारी वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिने प्रक्रिया रोक्दा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ९९ दशमलब २ प्रतिशतले घटेको छ । सोही अवधिमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ८० प्रतिशतले घटेको छ ।

prabhu mahalaxmi
kumari