stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनलाई कोरोना पुष्टि

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।

कोरोना देखिएपछि महर्जन बखुण्डोलस्थित घरमा आइसोलेसनमा बसेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन । उनी बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

यसअघि काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पनि भदौ १५ गते कोरोना संक्रमण भएको थियो । उनी भदौ २८ गते कोरोनामुक्त भएर काममा फर्किसकेका छन ।

prabhu mahalaxmi
kumari