citizens life insurance long ad
stcnepal long ad

असोज ११ गतेबाट मेगा बैंकको १८ लाख ४० हजार कित्ता सेयर लिलामी खुल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं स् मेगा बैंकले असोज ११ गतेदेखि १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४।६३ कित्ता सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असोज १८ गतेसम्म रहेको छ ।

यसअघि बैंकले २०७४ भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म ६५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयरमा आवेदन परेको थिएन ।

सोही बाँकी सेयर बैंकले अहिले लिलामीमा ल्याउन लागिएको हो । यसमा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स त्रिपुरेश्वर काठमाडौं र मेगा बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

IME Life
kumari