नेपाल बिद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशकको खोजी
काठमाडौ । नेपाल बिद्युत प्राधिकरण ३६ औं बर्षमा प्रबेश गरेको छ । २०७२ सालमा ५० अर्ब घाटामा चलेको नेबिप्रा २०७६ सालमा ११ अर्ब फाइदामा चलेको छ । यो उपलव्धि कसरी संभव भयो भनी हेर्दा कुशल नेतृत्वले नै फरक पारेको देखिन्छ ।
२०७२ साल भदाै २९मा कुलमान घिसिङले कार्यकारी निर्देशकको पद सम्हालेपछि नेपाल बिद्युत प्राधिकरण लगातार फाईदामा चलेको छ भने यो बर्षलाई बिद्युत खपत बृद्धि बर्षको रुपमा मनाईने निर्णय भएको छ ।
कार्यकारी निर्देशकमा कुलमानको नियुक्त भएपछि बर्षौ देखि लगातार घाटामा चलेको र जिर्ण भईसकेको नेपाल बिद्युत प्राधिकरण घाटाबाट नाफामा चल्दैछ ।
आर्थिक बर्ष २०७३/०७४ यता देखि नेबिप्रालाई लगातार सफलता मिलेको छ । यस आर्थिक बर्षको नाफा ११ अर्ब ६ करोड भएको र सञ्चित नाफा मात्रै ४ अर्ब ८७ करोड रहेकाले कर्यकारी निर्देशक कुलमान नेपाल बिद्युत प्राधिकरणको ३६ बर्षे लामो इतिहासकै सर्वश्रेष्ट कार्यकारी निर्देश भएका छन ।
उनको ४ बर्षे कार्यकाल यहि भाद्र महिनामा समाप्त हुँदैछ । उनको ठाउँमा को आउने हुन भन्ने कौतुहल बढ्नको साथै उनलाई नै थप ४ बर्षको लागि पुन: नियुक्त गर्नु पर्छ भन्ने जन आवाज र जन दबाब पनि बढेको छ ।
आज भन्दा लगभग ४ बर्ष पहिले नेपालमा १८ घन्टा लामो लोडसेडिङ हुने गरेको थियो भने नेपाल बिद्युत प्राधिकरण पनि भ्रष्टाचारमा लिप्त कार्यकारी निर्देशकहरुबाट लगातार सिकार हुनुपरेकाले ऋणमा चुर्लुम्म डुबेको थियो र बिघठनको संघार मै पुगेको थियो ।
यस्तो संस्थाको नेतृत्व सम्हाल्न पुगेका कुलमानको लागि चुनौती ठुलो थियो तैपनि उनले हिम्मत नहारी धैर्यताका साथ सदाचारिताको मार्गमा हिंडेर नै पहिले नेपाल राष्ट्रलाई नै लोडसेडिङ मुक्त तुल्याउन सफल भए भने लगातार घाटामा गईरहेको संस्थालाई नाफामा लगेरै छाडेका छन ।
आर्थिक बर्ष २०७६/०७७ को अन्तिम सम्ममा पुग्दा उनले नेपाल बिद्युत प्राधिकरणलाई ११ अर्ब ६ करोडको रिकर्ड फाईदा दिलाएका छन भने सञ्चित नाफा मात्रै ४ अरब ८७ करोड बनाएर देखाएका छन । नेपाल जस्तो मुलुक जहाँ नेबिप्रा जस्ता सार्वजनिक संस्थाहरु लगातार घाटामा जाने गरेको हुँदा कुलमानले यस्तो उपलव्धि कसरी निकाल्न सफल भए भन्ने बिषयले सबैलाई कौतुहल बनाएको छ ।
नेपालका सार्वजनिक संस्थाहरुमा राजनैतिक हस्तक्षेप धेरै हुने गर्छ । सर्वप्रथम राजनीतिक नियुक्ती लिनकै लागि पनि ठुलै चलखेल गर्नु पर्ने हुन्छ भने नियुक्त भएपछि सत्तासिन राजनीतिक दलहरुको कार्यकर्ताहरुलाई जागिरे बनाउनका लागि थेगी नसक्ने राजनैतिक दबाब आउने गर्दछन ।
सो बाहेक पनि परियोजनाहरुको खरिद कार्यहरुमा सरकारको हस्तक्षेप लगातार भई नै रहेने गरेको देखिन्छ । यो सबै राजनैतिक र सदाचारिताको नैतिक दबाब झेलेर सार्बजनिक संस्थालाई यस्तो फाईदै फाईदा लगातार दिलाउने काम फलामको चिउरा चपाएर पचाउने काम भन्दा पनि कठिन काम हो ।
कुलमान भन्दा अगाडि नियुक्त भएका कुनै पनि कार्यकारी निर्देशकहरुले कुलमानले पाएको जस्तो सफलता कहिले पनि पाउन सकेन ।
घिसिङले यस्तो असाधारण र ऐतिहासिक सफलता कसरी पाउन सफल भए भन्ने बिषयको उत्तर अति सरल र सहज छ । उहाँलाई नियुक्त गर्दा पैसाको चलखेलमा नलागी उहाँको अनुभव र योग्यतालाई मात्र हेरियो फलस्वरुप घिसिङ जस्ता योग्य र निष्ठावान व्यक्तिलाई राष्ट्रको लागि ठोस योगदान गरी देखाउने अवसर प्राप्त भयो ।
उहाँले यो उपलव्धि राष्ट्रका लागि सत्य र सदाचारिताकै मार्गमा हिंडेरै दिलाएका छन । उहाँ भन्दा पहिले उक्त संस्थामा नियुक्त भएका सबै कार्यकारी निर्देशकहरुले लोभ र लालचमा लागेर उक्त संस्थालाई ठुलो आर्थिक हानी गर्नुको साथै नेपाल राष्ट्रलाई नै धोका दिएर गद्दारी गरेका थिए ।
यस्ता जुन थालमा खायो त्यसै थालमा प्वाल पार्नेहरु नेपालमा धेरै छन । अनेक चलखेल गरी पैसा खुवाएर राजनीतिक नियुक्ती लिन्छन अनि त्यसपछि संस्थालाई आफैले लुट्नु सम्म लुट्छन र मातहतकालाई पनि लुट्नका लागि पुरै छुट दिन्छन । कुलमानले आफैले लुटेको कसैले पुष्टी गर्न सकेको छैन भने मातहतकालाई पनि अनुशासन भित्र राखी खुला लुटगर्ने छुट दिएका छैनन् ।
नेपाललाई अन्धकारबाट उज्यालोमा लान सफल भएका कुलमानलाई नेपाली जनताले महानायक नै मानेका छन । उहाँको कीर्तिमानी र सफल ४ बर्षे कार्यकाल यहि महिनामा नै सकिने भएको छ ।
त्यसैले उहाँलाई पुन: अर्को ४ बर्षे कार्यकालको लागि नियुक्त गर्नु पर्ने नेपाली जनताको माग बढेर गएको छ । यो पदको लागि अहिले धेरै व्यक्तीहरु मैदानमा उत्रेका छन तर सबै कुलमान घिसिङको व्यक्तित्वको अगाडि वामपुड्के सावित भएका छन ।
नेकपा माओवादीको नेतृत्वको सरकारले उहाँलाई पहिलो पटक नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए भने अहिले पनि पूर्व माओबादी नै बिभागिय मन्त्री छन । अर्कोतर्फ कुलमानको कार्यसम्पादन, कार्यकुशलता र उपलव्धिलाई कसैले खोट लगाउन सक्ने अवस्था छैन ।
उमेर र स्वास्थ्यको हिसाबले पनि कुलमानलाई चुनौती दिन सक्ने अन्य उम्मेद्वारहरु कोही मैदानमा उभिएको छैन । त्यसैले उहाँ पुन: नियुक्त हुन सक्ने वतावारण नेपालमा बनेको देखिन्छ ।
उहाँलाई खास चुनौती भनेको नाफाखोर दलाल व्यापारीहरु र बिजुलीको वील भुक्तानी गर्न नचाहाने सिउडो उद्योगपतिहरुबाट नै छन । यस्ता उद्योगीहरु र दलाल व्यापारीहरुको पहुँच सरकार भित्रै सम्म घुसेको हुँदा उनीहरुले सरकारको माथिल्लो तह सम्मै आफ्नो लविङ थालेका छन ।
आफु अनुकूलका मुकेश काफ्ले जस्ता असक्षम र भष्ट व्यक्तिलाई नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएर फेरि लोडसेडिङ बढाएर नेपाल राष्ट्रलाई पुन: अन्धकारमै धकेली आफ्ना पुराना स्टकमा रहेको जेनेरेटर,व्याट्री लगायत अन्य सोलर र बिद्युतीय उपकरणहरु बजारमा बेच्न चाहेका छन ।
उक्त पदमा आफ्नो पक्षका व्यक्तिलाई नियुक्त गर्नको निमिक्त पैसाको चलखेल भएमा सोको व्यवस्था गर्न समेत नाफाखोर व्यापारीहरु र सिउडो उद्योगीहरुले पूर्ण तयारी गरेका छन । यसका लागि स्वदेशी र बिदेशी दलालहरु सरकार भित्रै घुसेर सक्रिय भएका छन ।























