रत्नराज बज्राचार्य दोस्रो पटक ग्लोबल आईएमई बैंकको सीईओमा
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।
१ भदौदेखि बज्राचार्यले कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । बिग मर्जरपछि बैंकमा मर्जरको सकारात्मक सिनारियो ल्याउन बज्राचार्यलाई नियुक्त गरेको ढकालले जानकारी दिए । ‘ उहाँले यसअघि ४ वर्ष ग्लोबल बैंकको सीईओ भएर काम गर्दा राम्रो काम गरेकाले उहाँको कामलाई मूल्यांकन गर्दै पुनः उहाँलाई ग्लोबल सम्हाल्ने जिम्मा दिइएको हो ।’
ग्लोबल आइएमई बैंकमै कम ब्याक गराउन पाउदा आफूलाई खुसी लागेको अध्यक्ष ढकालले बताए । अब बैंक थप मजवुद बन्ने ढकालले विश्वास लिएका छन् ।























