stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

काठमाडौं फोटोग्राफर संघको नेतृत्वमा आनन्द प्रभाकर घिमिरे

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको २०८२ कार्तिक २२ गते शनिबार काठमाडौंमा सम्पन्न सत्रौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन गरेको छ ।

शनिबार सफलता पूर्वक सम्पन्न अधिवेशनले आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष ३ जना र सचिव पदमा २ जनाको उम्मेदवारी परेकाले निर्वाचन मार्फत चयन भएपनि अन्य पदमा भने एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएको हो ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष आनन्द प्रभाकर घिमिरे, उपाध्यक्ष हरी ज्ञवाली, सचिव काली प्रसाद रिमाल, सह सचिव मिलन तमखु र कोषाध्यक्षमा चन्द्र लाल राई गरी ५ जना कार्यसमिति पदाधिकारी चयन गरेको छ ।

कार्यसमिति सदस्यहरुमा ११ जना चयन गरेको छ, जस अन्तर्गत केशव राज भट्टराई, बासुदेव घिमिरे, विनोद ढकाल, देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरे, ठाकुर प्रसाद अधिकारी, रेशम अधिकारी र विनेश श्रेष्ठ रहेका छन् ।

काठमाडौं फोटोग्राफर संघको विधान अनुसार नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको कायम रहने छ ।

अध्यक्षमा चयन भएपछि आनन्द प्रभाकर घिमिरेले संक्षिप्त प्रतिक्रिया दिदै आफ्नो कार्यकालमा संस्थामा आवद्ध फोटोग्राफर साथीहरुले गर्व गर्न लायक काम गर्ने बताउनु भयो ।

मेरो कार्यकालमा फोटोग्राफर साथीहरुलाई नयाँ प्रविधि मैत्री बनाउन समय सापेक्ष तालिम प्रदान गर्ने, राज्यले प्रदान गर्ने व्यावसायिक हितमा फोटोग्राफरहरूको हक अधिकार र सम्मानित पेसाको रूपमा अगाडि बढाउन पहल गर्ने बताउनुभयो ।

त्यसैगरी संस्थामा आबद्ध फोटोग्राफरहरूको सामूहिक बीमा गर्ने प्रतिबद्धता, आफैले सुरु गरेको केपीए वेडिङ फोटोग्राफर अवार्डलाई निरन्तरता दिने, नेपालमा फोटोग्राफी सम्बन्धी एक्स्पो गर्न पहल गर्ने, फोटोग्राफरहरूको क्षमतालाई आधिकारिकता प्रदान गर्न सरकारी निकाय सिटिइभिटिबाट फोटोग्राफरहरूको स्किल टेस्ट (सिप परीक्षण) गर्ने प्रक्रियालाई पूर्णता दिने जस्ता फोटोग्राफरको हक हितमा काम गर्ने बताउनु भयो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long