sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

घरजग्गा क्षेत्र कर्जा लगानी बढयो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक मन्दीपछि सुस्ताएको घरजग्गा अर्थात रियलस्टेट व्यवसायमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी बढाउन थालेका छन।

अहिले ठुलो व्यवसायिक कारोवार नभएपनि कर्मचारी,साना व्यवसायि,वैदेशिक रोजगारबाट फर्किएकाहरूलेशहरी क्षेत्रमा घरेडीका रूपमा तीन आनादेखि माथि सात–आठ आना सम्म,तराई मधेसमा दस घुरदेखि एक कठ्ठासम्म जग्गा खरिद गरेको पाइन्छ।

घरजग्गा क्षेत्र अर्थात रियलस्टेटमा बैंक तथा वित्तीय संस्थाहरूले झण्डै तीन खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ माघ मसान्तसम्म सञ्चालनमा रहेका २० वटा बैेंक,१७ वटा वकास बैंक,१७ वटा फाइनान्स कम्पनी सहित कुल ५४ वटा बैंक वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा दुई खर्ब ७६ अर्ब ८६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको पाइएको छ ।

जुन अघिल्लो आर्थिक वर्ष २०८० को सोही अवधिको तुलनामा २८ अर्ब ११ करोड ८० लाख रुपैयाँ बढी हो । गत २०८० माघ मसान्तसम्म घरजग्गा क्षेत्रमा दुई खर्ब ४८ अर्ब ७४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।

वाणिज्य बैकहरूले गत २०८१ माघ मसान्तसम्म रियलस्टेट क्षेत्रमा दुई खर्ब ३२ अर्ब ९९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्ष २०८० को सोही अवधिको तुलनामा १९ अर्ब ६३ करोड २० लख रुपैयाँ बढी हो ।

गत वर्ष माघसम्म वाणिज्य बैंकहरूले घरजग्गा क्षेत्रमा दुई खर्ब १३ अर्ब ३६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले पनि गत २०८१ माघ मसान्तसम्म घरजग्गा क्षेत्रमा ३२ अर्ब ६० करोड ३० लाख रुपैैयाँ ऋण प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्ष २०८० को तुलनामा छ अर्ब ९८ करोड ८० लाख रुपैैयाँ बढी हो । गत वर्ष २०८० माघसम्म घरजग्गामा विकास बैंकहरूले प्रवाह गरेको कर्जा २५ अर्ब ६१ करोड ५० लाख रुपैयाँ थियो ।

फाइनान्स कम्पनीहरूले पनि घरजग्गा क्षेत्रमा लगानी बढाएका छन् । २०८१ माघ मसान्तसम्म फाइनान्स कम्पनीहरूले घरजग्गा क्षेत्रमा ११ अर्ब २६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ८५ करोड ७० लाख रुपैयाँ बढी हो । गत वर्ष माघसम्म फाइनान्स कम्पनीहरूले नौ अर्ब ७५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

gold
nawakantipur long